Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भीमफेदी दुर्घटनापछि चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई जनही ५० हजार सहयोग

Advertisement800×200-1

सर्लाही। मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना बासिन्दाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार एक दिन शोक बिदा दिएको छ। गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि गरेको छ। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार जारी गरेको सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहनेछन्। स्वास्थ्य संस्थाका नियमित सेवा बन्द रहे पनि आकस्मिक स्वास्थ्य सेवा सञ्चालन हुनेछ। गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। छठ मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेर आफन्त गुमाएपछि चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर