Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

आइतबार वर्षा र हिमपातको सम्भावना, मौसमविद्को धानबाली जोगाउन सुझाव

Advertisement800×200-1

काठमाडौं। पश्चिमी वायुको प्रभावले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्ने मौसमविद् विभूति पोखरेलले बताइन्। पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभर मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ।

आइतबार बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि छिटपुट वर्षाको सम्भावना छ। वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पर्न सक्ने भएकाले काट्न बाँकी धानबाली र खेतमा सुकाउन राखिएको पराल जोगाउन पोखरेलले किसानलाई सुझाव दिइन्। उनका अनुसार हालको मौसमी प्रणालीबाट भारी वर्षाको सम्भावना कम छ। पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुन सक्छ। पोखरेलले मौसम पूर्वानुमान र अद्यावधिक परामर्शमा ध्यान दिन आग्रह गरेकी छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर