Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालमा पर्यटन प्रवर्धनका लागि कन्टेन्ट क्रिएशनको प्रभावकारिता

Advertisement800×200-1

नेपालमा पर्यटन प्रवर्धनका लागि आन्तरिक रूपमा कन्टेन्ट क्रिएटरहरूको भूमिका उल्लेख्य देखिन थालेको छ, तर यसलाई अन्तर्राष्ट्रिय रूपमा व्यापक बनाउनुपर्ने चुनौती रहेको अधिकारी तथा विज्ञहरूले बताएका छन्। नेपाल पर्यटन बोर्डका अधिकारीहरूले यतिखेर आफ्नो ध्यान सामाजिक सञ्जाल कम्पनी र कन्टेन्टहरू राखिने डिजिटल मञ्चहरूसँग प्रत्यक्ष सहकार्यमा केन्द्रित गरिरहेका छन्। स्वदेशी कन्टेन्ट क्रिएटरहरूको क्षमता वृद्धि र ती कम्पनीहरूसँग स्वदेशी क्रिएटरहरूलाई जोड्दै प्रवर्धनका काम गरिरहेको बताएका छन्।

“पर्यटन बोर्डले एकातर्फ आफ्नै प्लेटफर्ममार्फत् कन्टेन्ट प्रवर्धन गर्छ। त्यसका लागि सयौँको सङ्ख्यामा स्वदेशी क्रिएटरहरूलाई क्षमता विकास गर्ने काम गरिरहेको छ,” बोर्डका प्रवक्ता सुनिल शर्माले भने। उनले थपे, “बोर्डले टिकटकसँग एउटा सम्झौता गरेको छ जसअनुसार हामीले शेअर गर्ने हरेक कन्टेन्ट नेपाल ल्यान्डिङ पेजमा पुग्ने र वहाँहरूले तय गरेको अल्गोरिदममार्फत् प्रवर्धन हुने व्यवस्था गरिएको छ।” उक्त अभियानअन्तर्गत टिकटकले युरोप, मध्यपूर्व, दक्षिण पूर्वी एसिया र साउथ एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई कात्तिकमा नेपाल ल्याउने योजना बनाएको छ।

पर्यटनविज्ञ दीपकराज जोशीका अनुसार, “प्रचार हुँदा, जहाँ पनि, जे पनि, जसरी पनि भइदिँदा कहिलेकाहीँ आतिथ्य गर्ने गन्तव्य तयार नभईकनै पनि चर्चा धेरै हुन सक्छ।” उनले भने, “त्यसो हुँदा ती गन्तव्य दीर्घकालीन रूपमा दिगो हुन नहुन सक्ने जोखिम रहन्छ।” नेपालमा त्यस्ता कन्टेन्टहरू कमै देखिन्छन्, र पर्यटकहरूको ठूलो हिस्सा ‘प्याकेज टूर’ मार्फत् नेपाल आउँछन्। जोशीका अनुसार, “विभिन्न देशमा हुने ट्राभल कम्पनीहरूबीचको सहकार्यको औचित्य अझै छ। कन्टेन्ट क्रिएशनले माग बढाउँछ।”

नेपाल पर्यटन बोर्डले पछिल्ला केही वर्षदेखि कन्टेन्ट प्रवर्धनको रणनीति परिवर्तन गर्दै ‘इन्फ्लुएन्सर्स’तर्फ मोडेको छ। उनीहरूले अब आफूले चाहेका ठाउँमा त्यस्ता कन्टेन्टहरू चलाउने, त्यसको माहोल बनाउन सक्ने गरी प्रविधिमा लगानी बढाउनुपर्ने देखिएको बताउँछन्। बोर्डका पूर्वप्रमुख जोशीका अनुसार, “२०७२ सालको भुकम्पपछि नेपालको पर्यटनलाई पुनरुत्थान गर्ने क्रममा हामीले एउटा सहकार्य ट्रिप एड्भाइजरसँग गरेका थियौँ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर