Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

Advertisement800×200-1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा टोली ११ दिने भ्रमणमा गएको हो । टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी रहेका छन् ।

सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा र डा. धनञ्जय रेग्मी पनि भ्रमणमा सहभागी छन् । त्यस्तै, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा टोलीमा रहेका छन् । पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर टोलीलाई बिदाइ गरेका थिए ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर