काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको घाँसे मैदानमा आइतबार दुबो रोपेको छ । कांग्रेस सहमहामन्त्री प्रतिमा गौतमका अनुसार महाधिवेशनका लागि खुलामञ्च प्रयोग गर्दा घाँसे मैदानमा क्षति पुगेको थियो । मैदानलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताअनुसार क्षति पुगेका ठाउँमा दुबो रोपिएको उनले बताइन् । सार्वजनिक स्थलमा कार्यक्रम गर्दा भएको क्षति सुधार्ने जिम्मेवारी आयोजकले लिनुपर्ने गौतमको भनाइ छ । उनले नयाँ रोपिएको दुबोको केही समय नियमित हेरचाह र संरक्षण गरिने जानकारी दिइन् ।