Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

प्यान दर्ता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेकाे तथ्यांक

Advertisement800×200-1

काठमाडौं । असोज मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) दर्ता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ । गत असार मसान्तमा प्यान दर्ता संख्या ७९ लाख १० हजार ८६४ थियो ।

विभागका अनुसार व्यक्तिगत प्यानको संख्या ५९ लाख २७ हजार ९३५ र व्यावसायिक प्यानको संख्या २२ लाख २७ हजार ८३७ पुगेको छ । भुक्तानीमा करकट्टी गर्ने निकायले लिएको प्यानको संख्या ३९ हजार ५६२ छ ।

असोज मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनेको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ । गत असार मसान्तमा यो संख्या ३ लाख ७८ हजार २६८ थियो । सोही अवधिमा अन्तःशुल्क दर्ता संख्या १ लाख ३२ हजार ६७२ बाट बढेर १ लाख ३८ हजार ९२६ पुगेको विभागले जनाएको छ ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर