Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

प्रहरीको नेतृत्व परिवर्तनमा पार्टीको कुनै निर्देशन छैन: खरेल

Advertisement800×200-1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीको नेतृत्व परिवर्तनबारे पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई हटाउने वा पदमा कायम राख्ने निर्णय सरकारकै अधिकारक्षेत्रमा पर्ने बताए ।

सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोज केसीलाई नियुक्त गरेपछि पार्टीभित्र र बाहिरबाट निर्णयको आलोचना भएको थियो । ‘आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु,’ खरेलले भने । सरकारले यसबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको र विषय अदालतसम्म पुगेको उल्लेख गर्दै उनले आवश्यक परे सरकारले थप स्पष्ट पार्ने बताए ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर