Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयनमा स्वस्थ मासुमा छाप लगाउने प्रक्रिया सुरु

Advertisement800×200-1

काठमाडौं । आम उपभोक्ताको स्वास्थ्य र गुणस्तरीय मासु उपभोगको अधिकार सुनिश्चित गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु बधशाला तथा मासु जाँच ऐन’ को कार्यान्वयन औपचारिक रूपमा सुरु गरेको छ। नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्य पदार्थको स्वच्छता कायम गर्ने उद्देश्यले मन्त्रालयले यसलाई उच्च प्राथमिकताका साथ अघि बढाएको हो। मंसिर १ गतेदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न स्थानहरूबाट यसको कार्यान्वयन थालिएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को संशोधनसहित प्रभावकारी कार्यान्वयनमा ल्याउनुभएको हो। पहिलो चरणमा कुखुरा, राँगा र खसीको मासु परीक्षण गरेर स्वस्थ पाइएका मासुमा विशेष छाप (स्ट्याम्प) लगाउने कार्यको थालनी गरिएको छ। मन्त्री चौधरीले नागरिकले उपभोग गर्ने मासु पूर्ण रूपमा स्वच्छ र स्वस्थ हुनुपर्नेमा जोड दिँदै यसलाई केवल सुरुवाती चरणमा मात्र सीमित नराखी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ऐनको प्रभावकारी कार्यान्वयन तथा नियमित अनुगमनका लागि सम्बन्धित स्थानीय तहहरूले समेत सक्रिय भूमिका खेल्नेछन्, जसले उपभोक्ताको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर