Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ललितपुरमा मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ हुने, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

Advertisement800×200-1

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुईदिने एक्सपो आयोजना गर्न लागिएको जानकारी दिनुभयो। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नाराका साथ आयोजना हुने यस एक्सपोमा ३० भन्दा बढी प्रविधि कम्पनीहरूको सहभागिता रहनेछ। यस वर्षको एक्सपोमा विशेष गरी स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत प्यानल छलफलसमेत थप गरिएको आयोजकले जनाएको छ।

एक्सपोमार्फत नेपाली प्रविधि कम्पनीहरूलाई बैंक, वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ। साथै, विद्यार्थी तथा युवा पेसाकर्मीहरूलाई स्वदेशमै सूचना प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरहरूबारे जानकारी दिनु पनि यसको मुख्य उद्देश्य रहेको छ।

अध्यक्ष चापागाईंले नेपाली प्रविधि कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका सेवा तथा उत्पादनहरू विकास गरिरहेको उल्लेख गर्दै तिनको बजार विस्तार र पहुँच बढाउन एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले यो एक्सपो प्रविधि प्रदर्शन गर्ने मञ्चमा मात्र सीमित नरही व्यवसाय, प्रविधि र प्रतिभालाई एकै ठाउँमा जोड्ने सुनौलो अवसर भएको बताउनुभयो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर