इरानलाई ट्रम्पको नयाँ चेतावनी – ४८ घण्टाभित्र सम्झौता नगरे होर्मुज स्ट्रेटमा संकट आउन सक्छ

२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ चेतावनी दिँदै ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न अल्टिमेटम जारी गरेका छन्। उनले बताएका छन् कि अब समय अत्यन्त सीमित छ। यसमा पालना नभए ‘‘कहर बर्सने’’ चेतावनी ट्रम्पले दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथमै मा लेख्दै भनेका छन्, ‘इरानलाई सम्झौताका लागि वा होर्मुज स्ट्रेट खोल्न १० दिने समय दिइएको थियो, त्यो समय सकिन लागिरहेको छ।’ ‘अब इरानमाथि कहर पर्न अझै ४८ घण्टा मात्र बाँकी रहेको छ,’ उनले थपेका छन्। ट्रम्पले २७ मार्चमा इरानलाई १० दिने समय दिएका थिए, जसअन्तर्गत इरानी ऊर्जा संयन्त्रमा कुनै प्रकारको आक्रमण नगर्ने वाचा समेत गरेका थिए।






