Skip to main content

प्रधानमन्त्रीको कूटनीतिक बैठकमा राजदूतहरूका सामु प्लास्टिकका बोतलहरूको उपस्थिति

पहिलो नजरमा यो सानो कुरा झैं लाग्न सक्छ, तर कूटनीतिमा ‘पहिलो प्रभाव’ र प्रस्तुतिको ठूलो महत्व हुन्छ। राजदूतहरूको अगाडि टेबलमा प्लास्टिकका बोतलहरू लाईनमा राख्दा यो अलि ‘सस्तो, लापरवाही र अनौपचारिक’ देखिन्छ। यसले हाम्रो कूटनीतिक संवेदनशीलताको कमीलाई स्पष्ट रुपमा देखाउँछ।