Skip to main content

नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ गरेका छन्

२७ चैत, काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ ग्रहण गराउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्रीको रूपमा नियुक्त गर्नुभएको थियो। उहाँले रामजी यादवलाई श्रम मन्त्री र गौरीकुमारी यादवलाई मन्त्री नियुक्त गर्नुभएको हो।
यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गर्नुभएको थियो। उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका थिए। रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।