Skip to main content

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यू

२९ चैत, धनगढी। कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यू भएको छ। कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यू भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरीको मृत्यू भएको हो। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यू भएको प्रहरीले जनाएको छ।

बोलेरो पिकअप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।