क्रोएसियामा आयोजित इस्ट्रिया १०० बाई युटिएमबी ६९ किमी दौडमा नेपालका सुमन कुलुङले दोस्रो स्थान कब्जा गरे

क्रोएसियामा सम्पन्न इस्ट्रिया १०० बाई युटिएमबी पुरुष ६९ किमी दौडमा नेपालका सुमन कुलुङले दोस्रो स्थान हासिल गरेका छन्। सुमनले यस दौड निर्धारित ५ घण्टा ४० मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए भने पहिलो भएका इटलीका जियनलुका घियानो भन्दा एक मिनेटले पछि परे। सुमन अहिले अष्ट्रियामा बसेर प्रशिक्षण गरिरहेका छन् र सिग्रिड फाउण्डेसनले उनलाई स्पोन्सर गर्दै आएको छ। (२९ चैत, काठमाडौं)
इस्ट्रिया १०० बाई युटिएमबी अन्तर्गत प्रतिष्पर्धा भएको पुरुष ६९ किमी दौडमा नेपालका सुमन कुलुङले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान प्राप्त गरे। युटिएमबी वर्ल्ड सिरिज अन्तर्गत युरोपमा आयोजना हुने यस दौडमा सुमनले निर्धारित दूरी ५ घण्टा ४० मिनेट १७ सेकेण्डमा समाप्त गरेका थिए। पहिलो स्थान हासिल गर्ने इटलीका जियनलुका घियानोले यो दूरी ५ घण्टा ३९ मिनेट ०८ सेकेण्डमा पार गरेका थिए।
सुमनले गत वर्ष पनि यसै रेसमा प्रतिष्पर्धा गरेका थिए। सन् २०२५ मा भएको इस्ट्रिया १०० बाई युटिएमबी रेसको ६९ किमी दौडमा पुरुष वर्गमा दोस्रो स्थान हासिल गरेका सुमन हाल अष्ट्रियामा आधारित भएर प्रशिक्षण एवं विभिन्न अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा सक्रिय छन्। यस वर्ष असोज महिनामा स्पेनमा भएको वर्ल्ड माउन्टेन एण्ड ट्रेल रेस च्याम्पियनसिपमा पनि सुमनले भाग लिएका थिए। साथै, कात्तिक महिनामा हङकङमा सम्पन्न ट्रान्सलान्टाउ हङकङ बाई युटिएमबी रेसमा पनि उनले प्रतिस्पर्धा गरेका थिए।
सुमनलाई अष्ट्रियाको सिग्रिड फाउण्डेसनले सहयोग पुर्याउँदै आएको छ। सुमनले पर्यटक गाइडको रूपमा काम गर्दै गर्दा सन् २०२२ मा फाउण्डेशनका पदाधिकारीसँग भेट भएका थिए। सो भेटमा फाउण्डेशनले सुमनलाई विश्वका शीर्ष धावकहरू मध्ये एक बन्न सक्ने सम्भावना देखेर सहयोग गर्ने निर्णय गरेको थियो। सुमन अहिले अष्ट्रियामा ट्रेल रनिङ्ग अभ्यास तथा विभिन्न खेलकुदमा सक्रिय छन् र त्यहाँ स्की सहितका अन्य खेलहरूको पनि अभ्यास गरिरहेका छन्।






