Skip to main content

होर्मुज स्ट्रेट खोल्न तीन विकल्प छोड्दै ट्रम्पले नाकाबन्दी किन रोजे?

इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा खोलिएको घोषणा गरे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले नाकाबन्दी जारी रहने बताएका छन्। इरानी सेनाले होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः सुरु गर्दै अमेरिकी नाकाबन्दीको जवाफमा स्ट्रेट बन्द राखेको छ। ट्रम्पले होर्मुज स्ट्रेटमा नौसैनिक अभियानका लागि नेटो र एसियाली देशहरूसँग गठबन्धन बनाउन असफल भएपछि एक्लैले कारबाही गरेको बताएका छन्। ७ वैशाख, काठमाडौं। शुक्रबार इरानका विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत युद्धविराम अवधिका बाँकी ने होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला गरिएको जानकारी दिएका थिए। तर, त्यो घोषणाको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजमा अमेरिकाको नाकाबन्दी जारी रहने बताएका छन्।

इरानले यसअघि नै भनेको थियो कि यदि अमेरिका आफ्ना बन्दरगाहहरूमा नाकाबन्दी जारी राख्यो भने होर्मुज स्ट्रेट बन्द गर्नेछन्। शनिबार इरानी सरकारी सञ्चारमाध्यमले बताए अनुसार, सेनाले होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण पुनः सुरु गरिरहेको छ। अमेरिकी नाकाबन्दीको जवाफमा आइतबार पनि इरानले होर्मुज स्ट्रेट बन्द नै राखेको थियो। तर, इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकासँग त्यसको जवाफमा धेरै विकल्पहरू थिए। पहिलो विकल्प वार्ता र शान्तिपूर्ण रूपमा समाधान निकाल्नु थियो, तर प्रारम्भिक वार्ता असफल भएपछि त्यसलाई छिट्टै छोडियो। दोस्रो विकल्प कठोर कारबाही गर्नू थियो, अर्थात् इरानको तेल पूर्वाधार नष्ट गर्नु, जसले तनाव निकै बढाउँथ्यो र मेलमिलाप सम्भावना समाप्त हुन्थ्यो। तेस्रो विकल्प युद्धपूर्व अवस्थालाई पुनर्स्थापित गर्ने प्रयास अर्थात् होर्मुज स्ट्रेट पुनः खुलाउने थियो, तर यो सजिलो थिएन।

ट्रम्पले रोजेको चौथो विकल्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चौथो विकल्प रोजेका छन्। होर्मुज स्ट्रेटमा नौसैनिक अभियानका लागि अमेरिकाले नेटो सहयोगीहरूलाई तयार गर्न सकेन र प्रभावित एसियाली राष्ट्रहरूसँग गठबन्धन बनाउने प्रयास पनि सफल भएन। त्यसैले अमेरिकाले एक्लैले कारबाही गर्नुप¥यो र यद्यपि स्रोतसाधन पर्याप्त देखिन्थ्यो, नतिजा अपेक्षित आएनन्। इरानविरुद्धको अभियानको सुरुवातमै अमेरिकाले पश्चिम एसियामा ठूलो नौसैनिक शक्ति गठन गर्‍यो, जसमा विनाशक जहाज (डिस्ट्रोयर), गस्ती जहाज र अन्य पूर्वाधारहरू थिए।

तर, यी सबै नौसैनिक सम्पत्तिहरूमध्ये सीमित मात्रै भाग होर्मुज स्ट्रेटमा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ। ट्रम्पले रोजेको चौथो विकल्प देख्नमा तर्कसंगत देखिन्छ। यदि इरानले होर्मुज स्ट्रेट बन्द राख्यो भने त्यसको मूल्य तिर्नुपर्नेछ। अझै केही सम्भावना र आशा बाँकी छ। तर, इरानको आगामी दिनहरू अत्यन्त गाह्रो र अनिश्चित देखिन्छ। प्राविधिक रूपमा यो सम्भव छ। इरानको तटीय इलाकाबाट टाढा पर्ने ओमानको खाडी र अरब सागरमा रहेका लुकिछिपी हिँड्ने जहाजहरूलाई रोक्दा अमेरिकी जहाजहरू सुरक्षित रहन सक्छन्। यस प्रकारको नाकाबन्दीका लागि हाल पर्याप्त नौसैनिक शक्ति उपलब्ध छ।

डोनाल्ड ट्रम्पका अनुसार, ‘यस क्षेत्रमा अतिरिक्त बल पनि पठाइँदै छ।’ इजरायली सैन्य विशेषज्ञ डेभिड जेन्डेलम्यान लेख्छन्, ‘जब मलाई सोधिन्छ कि के अमेरिका सैन्य बल प्रयोग गरी होर्मुज स्ट्रेट खोल्न सक्छ, म सधैं भन्छु—इरानका लागि होर्मुज स्ट्रेट बन्द गर्नु अरूका लागि खोल्नुभन्दा धेरै सजिलो छ। अमेरिकाले यो स्थिति बुझिसकेको छ।’ तर डोनाल्ड ट्रम्पको यो निर्णयले इरानलाई मात्र होइन, अरूलाई पनि नोक्सान पुर्याउँछ। सैन्य अभियान सुरु भए देखि जहाजहरूको लागि जोखिमपूर्ण भएको होर्मुज स्ट्रेट खोल्न अमेरिका कुनै हतार देखाएको छैन। अमेरिकीहरूले नाकाबन्दी कडा मात्र बनाइरहेका छन्।

इरानी बारुदी सुरुङ र मिसाइलले भरिएको समुद्री मार्गले होर्मुज स्ट्रेटलाई पहिले नै खतरनाक बनाएको छ। होर्मुज स्ट्रेटको निकासद्वारमा अमेरिकी डिस्ट्रोयरको सामना गर्दा खतरा अझै दोब्बर हुन्छ। खाडीदेशका व्यापारिक साझेदारहरूलाई प्रत्यक्ष आर्थिक नोक्सान भएको छ। आपूर्ति शृङ्खला अवरुद्ध भएर विश्वव्यापी तेल मूल्य फेरि बढेको छ। हाल यो अनिश्चित छ कि चीन, जुन विशाल नौसेना र जिबुटीमा सैन्य अड्डा राख्दछ, यस नाकाबन्दीलाई कसरी प्रतिक्रिया दिनेछ। यसैबीच, अमेरिकी सहयोगीहरूको लागि आशावादी हुन कुनै ठूलो कारण छैन। त्यसमध्ये धेरैले यो युद्धमा सहभागी नभए पनि यसको परिणाम भोगिरहेको छन्।