Skip to main content

सातवटा गिनिज वर्ल्ड रेकर्ड बनाएका हरिचन्द्र गिरी उपेक्षित बनेका छन्

नेपाली सेनाका हरिचन्द्र गिरीले ४ जनवरी २०२६ मा चीनको चोंगकिङस्थित युन्याङमा १०० वटा सिँढी ४.७१ सेकेन्डमा ओर्लेर सातौं गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। गिरीले सन् २०२१ देखि २०२३ सम्म फरक–फरक विधामा ७ वटा गिनिज वर्ल्ड रेकर्ड राखिसकेका छन्। उनले आफूले गरेका सबै प्रयास आफ्नै पहल र खर्चमा भएको बताउँदै आर्थिक सहयोगको अपिल गरेका छन्। ९ वैशाख, काठमाडौं।

गिरीले हातले टेकेर केवल ४.७१ सेकेन्डमा १०० वटा सिँढी ओर्लिएका थिए। गिनिज वर्ल्ड रेकर्ड राख्दा धेरैले उनलाई बधाई दिएका छन्। हरिचन्द्र त्यहाँ आफ्नै खर्चमा पुगेका थिए। गत वर्ष पनि ‘द ब्रिटेन्स गट ट्यालेन्ट’ मा अडिसन दिन त्यहाँ पुगेका बेला गिरीले हातले टेकेर उल्टो बाट आधा लिटर (५०० एमएल) कागती २४ सेकेन्डमा पिउँदै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए।

गिरीले लन्डनस्थित गिनिज हेड अफिसमा १० सेप्टेम्बर २०२५ मा यो कीर्तिमान कायम गरेका थिए। नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका लान्स कर्पोरल गिरीको यो छैटौं गिनिज वर्ल्ड रेकर्ड थियो। उनले चलिरहेको टायरमाथि १ मिनेटमा १२० पटक स्किपिङ गरी “मोस्ट स्किप्स अन यान अपराइट टायर” विधामा गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए।

गिरीले १३ वर्षअघि नेपाली सेनामा प्रवेश गरेका हुन् र अहिलेसम्म सातवटा गिनिज वर्ल्ड रेकर्ड राखेपनि आफू सबै ठाउँबाट उपेक्षित भएको गुनासो गरेका छन्। उनले भने, “मैले जतिसुकै कला कौशल प्रस्तुत गरे पनि सबै आफ्नै पहल, मेहनत र खर्चमा भयो। तर, सरकारले आफ्ना प्राथमिकता राखेको होला, अहिलेसम्म कुनै सहयोग पाउन सकेको छैन।” उनले आर्थिक सहयोग पाए ‘द ब्रिटेन्स गट ट्यालेन्ट’ मा अडिसन जान सक्ने बताए र सहयोगको अपिल गरेका छन्।