
९ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) को फेसबुक खाता पुनः सक्रिय भएको छ। अत्यधिक रिपोर्टका कारण गत बिहीबारदेखि उनको फेसबुक खाता बन्द गरिएको थियो। फेसबुकले सामाजिक मापदण्ड उल्लंघन भएको जवाफमा उनीविरुद्ध रिपोर्ट प्राप्त भएपछि यो निर्णय गरिएको थियो। बुधबार साँझदेखि उनका फेसबुक खाता पुनः फिर्ता भएको छ।
साम्पाङका आईटी विज्ञ करुण राईका अनुसार, “कम्युनिटी भायोलेंस” का कारण फेसबुकमा अत्यधिक रिपोर्ट भएपछि खाता बन्द गरिएको थियो। सामाजिक सञ्जालमार्फत हरेक गतिविधि साझा गरिरहँदा उनले यस्तो समस्या भोग्नुपरेको हो।






