Skip to main content

मनोहरा सुकुमवासी बस्तीका घरहरू भत्काउँदै, अशक्तहरूको उद्धार गर्दै

१३ वैशाख, काठमाडौं । प्रहरीको कडा सुरक्षा घेराभित्र काठमाडौं महानगरपालिकाको टोलीले मनोहरा खोला किनारका सुकुमवासी बस्तीका घरहरू भत्काइरहेको छ । सो क्रममा प्रहरीले कतिपय अशक्त र बिरामीहरूलाई सुरक्षित स्थानमा सारिरहेको छ । एक महिलालाई प्रहरीहरूले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगिरहेको देखिएको छ। मनोहरा क्षेत्रमा घरहरू भत्काउने प्रयास हिजो गर्दा स्थानीयहरूले विरोध जनाएका थिए । उनीहरूले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीहरू समेत घाइते भएका थिए । त्यसपछि टोली फर्किएको थियो भने आज बिहानै डोजरसहित पुनः मनोहरा क्षेत्रमा पुगेको छ । डोजरको सहयोगले भत्काउने कार्य जारी छ । सुकुमवासी बस्ती वरिपरि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालित छन् । शनिबार काठमाडौं थापाथली र गैह्रीगाउँका सुकुमवासी बस्तीमा डोजर लगाउने महानगरपालिकाले आज मनोहराका सुकुमवासी बस्ती खाली गराइरहेको छ।