
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा हावाहुरीसँगै परेको चट्याङले २८ वर्षीया कमला बिकलाई घाइते बनाएको छ। आइतबार दिउँसो करिब सवा ३ बजे पिगुर लेगस्थित जंगलमा घाँस काट्न गएकी कमला बिकलाई चट्याङ लागेको हो। अचानक आएको हावाहुरीसँगै परेको चट्याङले उनलाई गम्भीर घाइते बनाएको छ।
गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान बिष्टका अनुसार, घाइते कमला बिकलाई हुकाम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले उनलाई रुकुमपूर्व जिल्ला अस्पतालमा रिफर गरिएको छ।






