
बाजुराको जगन्नाथ गाउँपालिका अन्तर्गत पर्ने कर्णाली करिडोरको लैफुडाँडामा एक्साभेटर दुर्घटना हुँदा १८ वर्षीय महेश रावल बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार, सडक निर्माणको क्रममा एक्साभेटर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
बेपत्ता युवकको खोजी कार्य प्रहरी टोली र नेपाली सेनाको समन्वयमा जारी छ। १३ वैशाखका दिन भएको उक्त घटनामा चालक र सहचालक सकुशल रहेका छन्। प्रहरी निरीक्षक शाहीले बेपत्ता भएका युवकको खोजी कार्य निरन्तर भइरहेकाले जानकारी दिएका छन्।
लैफुडाँडामा स्काभेटर (डोजर)ले सडक निर्माण क्रममा बाटो खन्ने क्रममा यो दुर्घटना भएको हो। दुर्घटनामा नरहरीनाथ गाउँपालिका-२ का महेश रावल बेपत्ता भएका छन्।






