Skip to main content

इटहरीको डाइभर्सनमा स्कुटर दुर्घटनामा एकको मृत्यु

१५ वैशाख, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराँव रहेको छ भनेर सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताएका छन्। गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २ प ४५८९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर पल्टिंदा उराँव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।