प्रचण्ड कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न असमर्थ, एमालेलाई पुनर्गठन गरिनेछ : विष्णु पौडेल

१६ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जा गर्ने आकांक्षा र उग्र वामपन्थी गतिविधिहरूले माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको आरोप लगाएका छन्। बुधबार २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपाध्यक्ष पौडेलले प्रचण्डसँग अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने योग्यता नरहेको बताएका छन्। उनले भने, “हामी एमालेलाई पुनर्गठन गर्नेछौं।”






