
स्पेनी क्लब एट्लेटिको मड्रिड र अंग्रेजी क्लब आर्सनलबीच युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग १–१ को गोलको बराबरीमा सम्पन्न भएको छ। एट्लेटिकोको घरेलु मैदानमा बुधबार राति भएको खेलमा पहिलो हाफको अन्त्यतिर भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत आर्सनललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५६औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोका लागि बराबरी गोल फर्काए। खेलभर दुवै टोलीले थुप्रै अवसर सिर्जना गरे तर थप गोल हुन सकेन। खेलको अन्त्यतिर आर्सनलले पाएको अर्को पेनाल्टीलाई VAR निर्णयपछि रद्द गरियो। अब दोस्रो लेग आगामी साता लन्डनमा हुनेछ। यसअघि पहिलो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट-जर्मेनले बायर्न म्युनिकलाई ५–४ ले पराजित गरेको थियो।






