
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मनिष झाले विघटनको निर्णय पार्टीको बागमती प्रदेश समितिको सिफारिस अनुसार भएको जानकारी दिए। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रसुवामा अन्य क्षेत्रहरूभन्दा कम मत प्राप्त भएपछि नयाँ जिल्ला कार्यसमिति गठन गर्न लागिएको नेताहरुले बताए।
२० वैशाख, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। पार्टीको बागमती प्रदेश समितिको सिफारिस अनुसार रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने निर्णय भएको उनको भनाइ छ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अन्यत्रभन्दा कम मत प्राप्त भएको भन्दै नयाँ जिल्ला कार्यसमिति गठन गर्न लागिएको नेताहरूले बताएका छन्।






