Skip to main content

पाँचथरमा कांग्रेस नेता आङ्देम्बेले सदस्यता नवीकरण गरे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा आफ्नो क्रियाशील सदस्यता नवीकरण गरेका छन्। कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि ‘जरामा जाऊँ अभियान’ सञ्चालन गरिरहेको छ र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले सदस्यता नवीकरण नगर्ने अडान लिएपछि अभियानले सफलता पाउन सकेन भन्ने केन्द्रीय प्रतिनिधिहरू बताउँछन्। २१ वैशाख, काठमाडौं। नेपाली कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर विवाद चर्किरहेका बेला आङ्देम्बेले गृहजिल्ला पाँचथर पुगेर सदस्यता नवीकरण गरेका हुन्।