राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया सार्वजनिक गर्यो (पूर्णपाठ)

पार्टी सभापतिलाई स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट मस्यौदा प्रतिवेदन हस्तान्तरण गर्दै समिति टोली। २१ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटको प्रक्रिया र मापदण्डको रुपरेखा सार्वजनिक गरेको छ। यसमा उम्मेदवार छनोटका सबै चरण र आवश्यकताहरू उल्लेख गरिएको छ। इच्छुक उम्मेदवारले सबैभन्दा पहिले ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्नेछ र आवेदनकर्तालाई निश्चित शीर्षक अन्तर्गत अंक प्रणालीको आधारमा मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ। सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई उम्मेदवार बन्न अवसर दिइनेछ। उम्मेदवारको लोकप्रियता र चुनावी सम्भावनासँगै सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थ र द्वन्द्वबाट स्वतन्त्रता, कानुनी तथा सामाजिक विश्वसनीयता र लोकतान्त्रिक संस्कारलाई पनि मूल्याङ्कन गरिने व्यवस्था राखेको रास्वपाले जनाएको छ। यस प्रकार मात्र उम्मेदवार छनोट गर्दा पार्टीले गुणस्तरीय र विश्वासिलो उम्मेदवारहरुलाई प्राथमिकता दिने लक्ष्य राखेको छ। हेर्नुहोस् रास्वपाको उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड –






