Skip to main content

थापाथलीमा भत्काइएका सुकुमवासी बस्तीको भ्रमणपछि हर्क साम्पाङ फर्किए

२१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ थापाथलीस्थित भत्काइएको सुकुमवासी बस्ती पुग्नासाथ फर्किएका छन्। उनले हातमा ह्याण्ड माइक बोकेर थापाथलीस्थित बागमती नदी किनारमा पुगेका थिए। मिडियाकर्मीहरूले उनको प्रतिक्रिया लिन खोज्दा उनी घेराबन्दी भएका थिए। अत्यधिक मिडिया उपस्थितिका कारण उनले केही असहज महशुस गर्दै कुनै प्रतिक्रिया नदिइ फर्किने निर्णय गरेका हुन्।

वैशाख १२ र १३ गते सरकारले डोजर प्रयोग गरेर थापाथलीको सुकुमवासी बस्तीका घरहरू भत्काएको थियो। अहिले त्यही क्षेत्रमा केवल भग्नावशेष मात्र बाँकी रहेको छ। हर्क साम्पाङले सुकुमवासीलार्इ बेघर बनाएर सरकारले गरेको यस कदमको कडा आलोचना गर्दै आएका छन्।