
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चार बैंकिङ कसुरका फरार रोशना चापागाँईलाई भक्तपुर कमेरोटारबाट पक्राउ गरेको छ। चापागाँईलाई वैदेशिक ठगीको आरोपमा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भइसकेको थियो। उनलाई दोलखा, ललितपुर, कालिमाटी र महाराजगञ्जमा बैंकिङ कसुरका मुद्दा दायर गरिएको थियो र फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ। २१ वैशाख, काठमाडौं।
पक्राउ परेकी धादिङको धुनिवेशी नगरपालिका–९ घर भई भक्तपुरको थिमी नगरपालिका–५ बस्ने ४६ वर्षीया रोशना चापागाँई हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले भक्तपुर कमेरोटारबाट उनलाई पक्राउ गरेको हो। एसपी रामेश्वर कार्कीले उनी चार वटा बैंकिङ कसुरको मुद्दामा फरार रहेको बताएका छन्।
उनविरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा २९ साउन २०८२ मा, जिल्ला प्रहरी परिसर ललितपुरमा २८ चैत २०८० मा, प्रहरी वृत्त कालिमाटीमा ९ असोज २०८० मा र प्रहरी वृत्त महाराजगंजमा १० फागुन २०८० मा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको छ। ती सबै मुद्दामा फरार रहेकी चापागाँई पक्राउ परेकी हुन्। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमार्फत कारागार पठाइएको छ।






