Skip to main content

सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्न संसदीय समितिको निर्णय

२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुमवासी रहेका होल्डिङ सेन्टरहरूको स्थलगत अवलोकन गर्ने निर्णय गरेको छ। समितिको बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई फरक-फरक आश्रय केन्द्रहरूमा रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थ जानकारी लिन सम्बन्धित स्थलको स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो। गत सोमबारको बैठकमा सांसदहरूले सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्था अवलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए। यसै आधारमा समितिले सम्बन्धित होल्डिङ सेन्टरहरूको स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो।