Skip to main content

‘नेपाल फाइभ के रन च्यालेन्ज’ शनिबार आयोजना हुँदै

एथ्लेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल फाइभ के रन च्यालेन्ज शनिबार आयोजना गर्न लागेको छ। प्रतियोगितामा ६ विधामा करिब २५० भन्दा बढी धावक सहभागी हुनेछन्। खुला ५ किलोमिटर दौडमा प्रथम हुनेले १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ र प्रत्येक चरणपछि अंक प्रदान गरी अन्तिम चरणमा ग्रान्ड फाइनल हुने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगितामा खुला महिला तथा पुरुष र ४५ वर्षमाथिका पुरुष भेष्टरेनतर्फ ५ किलोमिटर दौड हुनेछ। त्यस्तै, १८ वर्षमुनिका महिला तथा पुरुष र ३५ वर्षमाथिका महिला भेष्टरेनतर्फ ३ किलोमिटर दौड आयोजना गरिनेछ। करिब २५० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ। खुला ५ किलोमिटरतर्फ प्रथम हुनेले १२ हजार, दोस्रोले ८ हजार र तेस्रोले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधामा पनि विभिन्न रकमका नगद पुरस्कारको व्यवस्था गरिएको छ।

यो प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक चरणबीच करिब दुई महिनाको अन्तराल रहनेछ। प्रत्येक चरणमा शीर्ष स्थानमा रहेकालाई अंक दिइनेछ र अन्तिम चरणपछि ग्रान्ड फाइनल आयोजना गरिने आयोजकले बताए। दौड चाँगुनारायण नगरपालिका भवनबाट सुरु भई विभिन्न स्थान हुँदै पुनः सोही स्थानमा पुगेर सम्पन्न हुनेछ। प्रतियोगिताले नगरमा खेलकुद गतिविधि वृद्धि गर्ने विश्वास गरिएको छ।