Skip to main content

प्रलोपाले सन्तोष परियारको अध्यक्षतामा एकता महाधिवेशन गर्ने निर्णय

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आफ्नो महाधिवेशन सन्तोष परियारको अध्यक्षतामा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी अध्यक्ष परिषद्को बैठकले वैशाख ११ र १२ गतेको केन्द्रीय कमिटीको विस्तारित बैठकले दिएको अधिकारको आधारमा अध्यक्ष परिषद्को कार्य विभाजन गर्दै आगामी महाधिवेशनको नेतृत्व गर्ने जिम्मेवारी परियारलाई दिएको हो। २५ वैशाख, काठमाडौं।

बैठकले एकता महाधिवेशनका लागि सचिवालय गठन गर्ने निर्णय पनि गरेको छ। सचिवालयमा अध्यक्ष परिषद्का सदस्यहरू, प्रदेश इन्चार्जहरू, विभागीय प्रमुखहरू र पार्टी निर्माणमा सक्रिय अन्य सदस्यहरू रहने प्रलोपाले जनाएको छ। प्रलोपाले महाधिवेशनका लागि वडा, पालिका र जिल्लाहरूमा एकता भेला गर्ने र कमिटी गठन गर्ने निर्णय गरेको छ।

प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराईले कुनै पनि सांगठनिक जिम्मेवारी नलिई स्वतन्त्र भएर सहयोग गर्ने बताउनुभएको छ, जसलाई पार्टीले स्वीकार गरी नयाँ यात्राको शुभकामना व्यक्त गरेको छ।