Skip to main content

प्युठानमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२६ वैशाख, प्युठान। प्युठानको गौमुखी गाउँपालिका क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। गौमुखी गाउँपालिका–लिवासे नजिकै नेपाने खोलामा शुक्रबार राति भएको यो दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको ज्यान गएको छ।
ठूलाबेसीबाट अर्खामा तर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलसहित चालक खोलामा डुबेको अवस्थामा भेटिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। मृत्यु भएका हेमराज मगर ठुलाबेसीस्थित नरेन्द्र गायत्री आँखा अस्पतालको शाखा आँखा उपचार केन्द्रमा कार्यरत थिए।