
राप्रपाले जेठ १ गते बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा बोलाएको छ। बैठकमा निर्वाचनपछिको रणनीति, सातै प्रदेशको समीक्षा र केन्द्रीय समितिको बैठक तय गर्ने विषयमा छलफल हुने छ। पार्टीको आन्तरिक राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिको विषयमा पनि छलफल हुने कुरा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। २७ वैशाख, काठमाडौं। राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। जेठ १ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक आह्वान गरिएको जानकारी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले दिए। बैठकमा निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति, सातै प्रदेशको समीक्षा बटुलिएका सुझावहरू, केन्द्रीय समितिको बैठक तय गर्ने लगायतका विषयहरूमा छलफल हुने उनले बताए। त्यस्तै बैठकमा पार्टीको आन्तरिक राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिको विषयमा पनि छलफल हुने श्रेष्ठले जानकारी गराए।






