
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक २७ वैशाखमा बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठक सुरु भएको जानकारी दिएका छन्। बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग र विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक लगायतका विभिन्न एजेन्डामा छलफल हुने बताइएको छ।






