
इन्डियन प्रिमियर लिग २०२६ मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ। दिल्लीले २११ रनको लक्ष्य १ ओभर बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको छ। दिल्लीको १२ खेलमा १० अंक भएको छ भने पन्जाब ११ खेलमा १३ अंकसहित चौथो स्थानमा छ। २८ वैशाख, काठमाडौं।
पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार चौथो हार भोगेको छ। सोमबारको खेलमा दिल्ली क्यापिटल्सले पन्जाबलाई ३ विकेटले पराजित गरेको हो। पन्जाबले दिएको २११ रनको लक्ष्य दिल्लीले १ ओभर बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो। कप्तान अक्षर पटेलले सर्वाधिक ५६ रन बनाएका थिए। डेभिड मिलरले ५१ रन बनाउँदा आशुतोष शर्माले २४ रन गरे।
पावरप्लेमा नै ३ विकेट गुमाएको दिल्लीका लागि अक्षर पटेलले इनिङ्स उकासेका थिए। अन्तिम ३ ओभरमा ३८ रन आवश्यक पर्दा दिल्लीले १८औं ओभरमा २१ रन र १९औं ओभरमा बाँकी रन पुरा गर्यो। पन्जाबका लागि अर्शदीप सिंह र यश ठाकुरले २-२ विकेट लिए भने मार्कस स्टोइनिस र बेन डारशुइसले १-१ विकेटमा सफलता पाए।
अघिल्लो टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो। कप्तान श्रेयस अय्यरले सर्वाधिक ५९ रन नटआउट बनाए भने ओपनर प्रियांश आर्याले ५६ रन जोडे। कूपर कोनोलीले ३८ रन बनाउँदा सुर्यांश शेड्गे २१ रन नटआउट रहे। प्रभसिमरन सिंहले १८ रन बनाए। दिल्लीका लागि मिचेल स्टार्क र माधव तिवारीले २-२ विकेट लिए भने मुकेश कुमारले १ विकेट लिए। जितसँगै दिल्लीको १२ खेलमा १० अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ। लगातार चौथो हार बुहने पन्जाब ११ खेलमा १३ अंकसहित चौथो स्थानमा छ।






