Skip to main content

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’ भएका छन्

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष एसईईमा जम्मा ४ लाख ३० हजार ६६७ विद्यार्थीहरूले सहभागिता जनाएका थिए। तीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थीहरु नन् ग्रेडेड (अवर्गीकृत) भएका छन्, जुन गत वर्षको तुलनामा करिब २१ हजारले कम हो।

काठमाडौं, २८ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई)का नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको छ। यसपटक नन् ग्रेडेड विद्यार्थीहरूको संख्या पहिलेको भन्दा घटेर १ लाख ४६ हजार ५०७ पुगेको हो। गत वर्ष १ लाख ६७ हजारभन्दा बढी विद्यार्थी नन् ग्रेडेड भएका थिए। २०८१ मा कुल सहभागी विद्यार्थी संख्या ४ लाख ३० हजार ६६७ रहेको छ।