Skip to main content

कान्सेलो बने चार युरोपेली देशको लिग जित्ने पहिलो खेलाडी

पोर्चुगिज खेलाडी जोआओ कान्सेलोले युरोपका चार फरक देशको लिग जित्ने नयाँ कीर्तिमान स्थापित गरेका छन्। उनले सन् २०१९ मा युभेन्ट्सबाट सिरि ए, २०२१ र २०२२ मा म्यानचेषटर सिटीबाट प्रिमियर लिग र २०२३ मा बायर्न म्युनिखबाट बुण्डेसलिगा उपाधि हासिल गरेका थिए। यस सिजन बार्सिलोनाबाट स्पेनिस ला लिगा जितेर कान्सेलोले इटाली, इंग्ल्यान्ड, जर्मनी र स्पेनको लिग जित्ने इतिहास बनाएका हुन्। २८ वैशाख, काठमाडौं। पोर्चुगिज खेलाडी जोआओ कान्सेलोले युरोपका चार फरक देशको लिग जितेर नयाँ कीर्तिमान स्थापित गरेका छन्। बार्सिलोनाबाट यस सिजनको स्पेनिस ला लिगा उपाधि जितेपछि ३१ वर्षीय डिफेण्डर कान्सेलोले यो विशेष उपलब्धि हासिल गरेका हुन्। उनले युरोपका शीर्ष ५ लिगमध्ये इटाली, इंग्ल्यान्ड, जर्मनी र स्पेनका क्लबहरूको लिग उपाधि जितेका छन्। कान्सेलोले सन् २०१९ मा युभेन्ट्सबाट इटालियन सिरि ए जितेका थिए। त्यसपछि २०२१ र २०२२ मा म्यानचेष्टर सिटीबाट प्रिमियर लिग र २०२३ मा बायर्न म्युनिखबाट बुण्डेसलिगा जितेका थिए।