Skip to main content

फिफा विश्वकप २०२६ का लागि अर्जेन्टिनाको प्रारम्भिक टोली सार्वजनिक

अर्जेन्टिना फुटबल संघले फिफा विश्वकप २०२६ का लागि ५५ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ। टोलीमा ६ गोलकिपर, १८ डिफेन्डर, १५ मिडफिल्डर र १६ फरवार्डको नाम समावेश गरिएको छ। पाब्लो डिबला प्रारम्भिक सूचीमा छैनन् भने लियोनल मेसी फरवार्डमा रहेका छन्।

जुन ११ देखि उत्तर अमेरिकी तीन देशहरूको संयुक्त आयोजनामा हुँदै गरेको फिफा विश्वकपका लागि अर्जेन्टिनाले आफ्नो प्रारम्भिक टोली सार्वजनिक गरेको हो। यस सूचीमा गोलकिपरको रूपमा एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, जुआन मुसो, वाल्टर बेनिटेज, फाकुन्डो काम्बेसेस र सान्टियागो बेल्ट्रान रहेका छन्।

डिफेन्डरहरूमा अगस्टिन जियाय, गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, निकोलस कापाल्डो, केभिन म्याक एलिस्टर, लुकास मार्टिनेज क्वार्ता, मार्कोस सेनेसी, लिसान्द्रो मार्टिनेज, निकोलस ओटामेन्डी, लियोनार्डो बालेर्दी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लाउतारो डी लोलो, जाइद रोमेरो, फाकुन्डो मेदिना, मार्कोस अकुना र निकोलस ट्याग्लिएफिको छन्।

मिडफिल्डरका रूपमा माक्सिमो पेरोने, लिएन्ड्रो परेडेस, गुइडो रोड्रिगेज, अनिबाल मोरेनो, मिल्टन डेलगाडो, अलान भरेला, इजेक्वेल फर्नान्डेज, रोड्रिगो डे पाउल, इजेक्वेल पलासियोस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जिओभानी लो सेल्सो, निकोलस डोमिङ्गेज, एमिलियानो बुएन्दिया र भालेन्टिन बार्को रहेका छन्। फरवार्डमा लियोनल मेसी, निकोलस पाज, फ्रान्को मास्तान्तुओनो, थियागो आल्माडा, टोमस अरान्डा, निकोलस गोन्जालेज, अलेजान्द्रो गार्नाचो, गिउलियानो सिमोनी, माटिएस सोउल, क्लाउडियो एचेभेरी, गियानलुका प्रेस्तियानी, सान्टियागो कास्ट्रो, लाउतारो मार्टिनेज, जोस मानुएल लोपेज, जुलियन आल्भारेज र माटेओ पेलेग्रिनो रहेका छन्।