Skip to main content

रास्वपाले केन्द्रीय समिति बैठकको आह्वान गर्यो

२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकको आह्वान गरेको छ । प्रवक्ता मनिष झाकाका अनुसार रास्वपाले वैशाख ३० गते बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिने छ । प्रवक्ता झाकाले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन र विभिन्न विषयमा छलफल गर्ने कार्यसूची रहेको बताएका छन् ।