Skip to main content

आजीवन कारावासको फैसला भएका उमेश राई पक्राउ

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ का ३३ वर्षीय उमेश राईलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। उनलाई कर्तव्य ज्यान मुद्दामा कास्की अदालतले २५ पुस २०८१ मा आजीवन कारावासको फैसला सुनाएको थियो। उमेश राई जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका थिए। पक्राउ परेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

२९ वैशाख, काठमाडौं। आजीवन कारावासको फैसला सुनाइएका उमेश राईलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गिरफ्तार गरेको हो। उमेश राई २७ मंसिर २०८१ मा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए। कास्की अदालतले उनलाई २५ पुस २०८१ मा आजीवन कारावासको फैसला सुनाएको थियो। काठमाडौँबाट पक्राउ परेका उमेश राईलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ, सीआईबीले जनाएको छ।