प्रचण्डले रास्वपालाई भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर पनि भाँडोमा नभइ भुइँमा परेको नेता हुँ मैले

नेकपाका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको बैठकमा ०६४ सालको चुनावमा रास्वपालाई जस्तै मत पाए पनि जोगाउन नसकेको कुरा सम्झाएका छन्। २९ वैशाख, काठमाडौं। प्रचण्डले एकल सरकार बनाएको रास्वपालालाई आफ्नो विगतको अनुभव साझा गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि सत्ता जोगाउन नसकेको स्मरण गराए। ‘०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर पनि भाँडोमा नभइ भुइँमा परेको नेता म हुँ। हारभन्दा जित सहन गाह्रो हुन्छ,’ उनले भने, ‘करिब तपाईंहरूकै स्तरमा थियौँ केही समयअघि। आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन। इतिहासले भनेको छ- संख्या स्थायी हुँदैन, ढुक्क हुनुहोस्। जनताको समर्थन पनि शर्त अनुरूप हुन्छ। यदि उहाँहरूले भनेजस्तो भएन भने भोलिपल्टै परिणाम आउँछ। हामीबाट सिक्नुस्। यहाँ निषेध, अपमान र प्रतिशोध होइन। विश्वास र सहकार्यले प्राथमिकता पाउनुपर्छ।






