
नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहलाई जवाफ दिन रुलिङ गर्न सभामुख डीपी अर्याललाई आग्रह गरेको छ। सभामुख डीपी अर्यालले रुलिङभन्दा संवाद गरेर अघि बढ्नुपर्ने र आज प्रधानमन्त्रीको उपस्थिति नहुने संकेत गरेका छन्। सभामुखको संकेतपछि कांग्रेसका सांसदहरूले सदन अवरोध जारी राखेका छन्। ३० वैशाख, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेका छन्। यस विषयमा सभामुख अर्यालले रुलिङभन्दा संवादमार्फत अगाडि बढ्नुपर्ने बताएका छन्। सभामुखले आजको कार्यसूचीमा प्रधानमन्त्रीको उपस्थिति सम्भव नहुने र रुलिङ नगरिने संकेत गरेपछि कांग्रेसका सांसदहरूले उठेर सदन अवरोध जारी राखेका छन्।






