Skip to main content

शनिबार एमाले सचिवालय बैठक बस्ने

एमाले सचिवालय बैठक ३१ वैशाख शनिबार दिउँसो साढे १२ बजे बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन्। बैठकको स्थान भने अझै निश्चित भइसकेको छैन भनी नेताहरूले बताएका छन्। ३१ वैशाख, काठमाडौं। एमाले सचिवालय बैठक शनिबार बस्ने तय भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो साढे १२ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठकको स्थान भने टुंगो नलागेको बताइएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र अन्य विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो।