ज्योति पाण्डे पक्राउ प्रकरणमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गर्यो

सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई किन थुनामुक्त नगर्ने भन्ने विषयमा सरकारलाई कारण प्रस्तुत गर्न आदेश दिएको छ। निरु दाहालले आफ्नो श्रीमान् ज्योति पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन पेश गरेकी थिइन्।
न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको हो। स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको थियो।
३१ वैशाख, काठमाडौं।






