
३१ वैशाख, काठमाडौं । इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न अमेरिका र चीनबीच सहमति भएको छ। बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार हासिल गर्न नदिने विषयमा महत्वपूर्ण सहमति भएका छन्। रोयटर्सले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै जनाएको छ कि दुवै महत्वपूर्ण राष्ट्रहरूले इरानको आणविक महत्वाकांक्षा रोक्नुपर्नेमा सहमति जनाएका छन्।
यसैक्रममा, वार्तामा ताइवान सम्बन्धी विषय भने कसैले उल्लेख गरेको छैन। ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणमा ताइवानको प्रसंग नरहेको विषयले कूटनीतिक क्षेत्रहरूमा धेरै चर्चा पाएको छ। चिनियाँ सञ्चारमाध्यमहरूले ताइवानको मुद्दालाई द्वन्द्वको मुख्य कारणका रूपमा प्रस्तुत गरिरहेका बेला अमेरिकी पक्षको मौनताले यस वार्तालाई विशेष रूपमा ध्यानाकर्षण गराएको छ।






