
१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १५३ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तै, युरोपियन युरोको खरिद दर १७९ रुपैयाँ र बिक्री दर १७९ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिद दर २०६ रुपैयाँ ६० पैसा र बिक्री दर १०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्कको खरिद दर १९५ रुपैयाँ ६० पैसा र बिक्री दर १९६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलरको खरिद दर ११० रुपैयाँ ७३ पैसा र बिक्री दर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलरको खरिद दर १११ रुपैयाँ ४६ पैसा र बिक्री दर १११ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलरको खरिद दर १२० रुपैयाँ १० पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा तोकिएको छ। जापानी येनको खरिद दर १० को लागि नौ रुपैयाँ ६९ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ५४ पैसा र बिक्री दर २२ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियालको खरिद दर ४० रुपैयाँ ७६ पैसा र बिक्री दर ४० रुपैयाँ ९२ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ ९५ पैसा र बिक्री दर ४२ रुपैयाँ १२ पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर चार रुपैयाँ ७३ पैसा र बिक्री दर चार रुपैयाँ ७५ पैसा, युएई दिरामको खरिद दर ४१ रुपैयाँ ६४ पैसा र बिक्री दर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३८ रुपैयाँ ९० पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा, साउथ कोरियन वनको खरिद दर १०० को लागि १० रुपैयाँ २५ पैसा र बिक्री दर १० रुपैयाँ २९ पैसा, स्वीडिस क्रोनरको खरिद दर १६ रुपैयाँ ४० पैसा र बिक्री दर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ९६ पैसा र बिक्री दर २४ रुपैयाँ ०५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १९ रुपैयाँ ५२ पैसा र बिक्री दर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनारको खरिद दर ४९९ रुपैयाँ २० पैसा र बिक्री दर ५०१ रुपैयाँ १६ पैसा, बहराइन दिनारको खरिद दर ४०५ रुपैयाँ ४९ पैसा र बिक्री दर ४०७ रुपैयाँ ०८ पैसा, ओमनी रियालको खरिद दर ३९७ रुपैयाँ २२ पैसा र बिक्री दर ३९८ रुपैयाँ ७७ पैसा रहेको जानकारी दिएको छ। भारतीय रुपैयाँको खरिद दर एक सयको लागि १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।






