
२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५३.२५ र बिक्री दर १५३.८५ कायम गरिएको छ । त्यसैगरी, युरोको खरिद दर रु १७८.३८ र बिक्री दर १७९.०८ तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद दर २०४.७५ र बिक्री दर २०५.७५ निर्धारण गरिएको छ। नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ निर्धारण गरेको जनाएको छ । यस्तै, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरब रियाल, कतारी रियाल, यूएई दिरामलगायतका अन्य मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ ।





