
६ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। सोमबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू (कर प्रस्तावबाहेक)मा छलफल गरिएको थियो। यस छलफलमा उठेका जिज्ञासाहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए। उक्त प्रस्तावमा सोमबारदेखि नै छलफल सुरु भएको थियो। गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

