
म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–० को गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको सिजन अन्त्य गरेको छ। युनाइटेडका तर्फबाट प्याट्रिक डोर्गु, ब्रायन एमबेउमो र ब्रुनो फर्नान्डेसले १–१ गोल गरे। यस जितसँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा र ब्राइटन आठौँ स्थानमा रहँदै सिजन सकाएको छ। १० जेठ, काठमाडौं।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनमाथि ३–० को सहज जित निकाल्यो। आइतबार राति भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनलाई उसको घरमै पराजित गर्यो। युनाइटेडको जितमा प्याट्रिक डोर्गुले ३२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। ४३औं मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै अग्रता दोब्बर पार्यो। दोस्रो हाफको ४७औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै ३–० को जित सुनिश्चित गरे। जितपछि युनाइटेड ३८ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा रहँदै सिजन समाप्त गर्यो। ब्राइटन भने ५३ अंकसहित आठौँ स्थानमा रह्यो।

