Skip to main content

ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइपुग्यो, मंगलबार प्रधानमन्त्री शाहसँग भेटघाट गर्ने

११ जेठ, काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्ने कार्यक्रम तय भएको छ। यसअघि विदेशी कूटनीतिज्ञहरूसँग भेट नगरेका प्रधानमन्त्री शाहले ईयूको टोलीलाई भोलि सामूहिक रूपमा स्मरणीय रूपमा भेट्ने बताएका छन्। नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको यस प्रतिनिधिमण्डलमा २२ वटा सदस्य राष्ट्रका राजदूत तथा उप–मिसन प्रमुखहरू भाग लिएका छन्।

ईयूबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘शाह नेतृत्वको सरकारले संग संवाद गर्ने र ईयू र नेपालबीचको सुदृढ सम्बन्धलाई पुन: पुष्टि गर्न यो एक महत्वपूर्ण अवसर हो।’ प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उप–राजदूतहरू समाबेश छन्।

प्रतिनिधि टोली सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग पनि भेट गर्ने छ। भ्रमण टोलीकी प्रमुख लोरेन्जोले भनिन्, ‘यो भ्रमणले नेपालप्रति ईयूको प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ। हामी यहाँ नयाँ सरकारलाई बधाइ दिन, नेपालको विकास प्राथमिकताप्रति आफ्नो समर्थन पुन: पुष्टि गर्न, साथै व्यापार, लगानी, जलवायु कार्य र बहुपक्षीय मुद्दाहरूमा सहकार्यका नयाँ अवसरहरू खोज्न आएका हौँ। टिम युरोपका रूपमा, हामी नेपालसँग मिलेर अझ समृद्ध, दिगो र समावेशी भविष्य निर्माण गर्न सहकार्य गर्न तयार छौँ।’